बुटवल-पाल्पा सडकखण्ड पहिरोले अवरुद्ध

बुटवल-पाल्पा सडकखण्ड पहिरोले अवरुद्ध


पहिरो खसेपछि पाल्पा-बुटवल सडकखण्ड अवरुद्ध भएको छ। शुक्रबार बिहानदेखि सिद्धार्थ राजमार्गको गौडेपुलको कालीमाटी क्षेत्रमा पहिरो खसे पछि सो सडक खण्ड अबरुद्ध हुन पुगेको हो ।

सडक डिभिजन कार्यालयले घुम्ती सुधार गरेको स्थानमा नै ठूलो पहिरो खसे पछि सयाैँ सवारी साधान अलपत्र परेका छन्। सडकमा पहिरो खसेपछि सा राजमार्ग हुदैँ सुनौली, पोखरा र मुस्ताङसम्म चल्ने सवारी साधन अवरुद्ध हुन पुगेको स्थानियवासीले जनाएका छन् ।

त्यसमाथी  सिद्धबाबा सुरुङ मार्ग आयोजनाले राति १० देखि बिहान ४ बजेसम्म सडक बन्द गरिरहेको अवस्थामा पुनः पहिरो गएपछि सवारीसाधन सडकमा अलपत्र परेका छन्।  नेपाल प्रहरीले सडक डिभिजनसँगको समन्वयमा पहिरो पन्छाउन सुरु गरेको ट्राफिक प्रहरी प्रमुख दामोदर मल्लले जानकारी दिए । 

Logo