एकैदिन सप्तरीमा तीनजनाले गरे आत्महत्या

एकैदिन सप्तरीमा तीनजनाले गरे आत्महत्या


सप्तरीमा आइतबार तीनजनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमध्ये दुईजना महिला र एक जना पुरूष छन् । 

राजविराज नगरपालिका–१ डुमरीका महेशप्रसाद यादवका १८ वर्षिया छोरी बेबी भन्ने देव कुमारी यादव, राजविराज नगरपालिका–६ खर्साल टोल बस्ने शिसन मण्डलको ३५ वर्षीया श्रीमती तिलाठी मण्डल र राजविराजकै वीरेन्द्र साहका २६ वर्षीय छोरा विवेक साहले आइतबार आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिएका छन् ।

उनका अनुसार देव कुमारीले आफ्नै सुत्ने कोठाको फलामको बलोमा सलले पासो लगाई झुण्डिएर आत्महत्या गरेकी हुन् । घरायसी विवादका कारण नाम नखुलेको विषादी सेवन गरेकी तिलाठीको गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रवक्ता सिंहले बताए । 

विवेक भने होटलको कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेको प्रहरी चौकी फतेपुर सप्तरीले जनाएको छ ।  सप्तकोसी नगरपालिका–१ फतेपुर चोकस्थित रहेको इन्द्रेणी होटल एण्ड लजको कोठा नम्बर १०४ मा झुण्डिएर विवेकले आत्महत्या गरेका हुन् । 

उनी शनिबार साँझ होटेल पुगेर बास बसेका प्रहरीको भनाइ छ । होटल सञ्चालक अशोक चौधरीले बिहान कोठाहरू चेकजाँच गर्ने क्रममा कोठा खोलेपछि झ्यालबाट हेर्दा विवेक सिलिङ पङ्खामा सलको पासो लगाई झुण्डिएको देखेका हुन् । यी तीनवटै घटना आत्महत्याजस्तो देखिए पनि विभिन्न कोणबाट अनुसन्धान भने भइरहेको प्रहरी प्रवक्ता सिंहले बताए । 

Logo