निर्विरोध नेतृत्व चयन गर्न महिला संगठनलाई अध्यक्ष लिङ्देनको आग्रह

निर्विरोध नेतृत्व चयन गर्न महिला संगठनलाई अध्यक्ष लिङ्देनको आग्रह


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले सहमतिमै नेतृत्व चयनका लागि पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनलाई आग्रह गरेका छन् । 

सोमबार राप्रपा निकट राष्ट्रिय प्रजातन्त्रिक महिला भातृ संगठनको बन्द सत्र कार्यक्रममा धुम्बाराही पुगेका लिङ्देनले नयाँ नेतृत्व सकेसम्म निर्विरोध चयन गर्न निर्देशन दिएका हुन् । ‘पार्टीको सचिवालय,महामन्त्री,उपाध्यक्ष सबैले सहजीकरण गर्नुहुनेछ, सरसल्लाहबाट टुङ्ग्याएर सकेसम्म सर्वसम्मत गरौं ।’ उनले भने । 

संगठन भित्र ठूलो, समस्या नदेखिएकाले निर्वाचन भन्दा पनि सहमतिमै भातृ संगठनको नेतृत्व चयन गर्नुपर्ने उनको भनाई छ । उनले आवश्यक परे प्रदेशगत रुपमा छुट्टाछुट्टै छलफल गरेरै भएपनि सकेसम्म निर्विरोध नेतृत्व चुन्न आग्रह गरे ।   

Logo