निजी क्षेत्रको प्रवर्द्धनलाई प्राथमिकता दिएर बजेट आउनेमा विनोद चौधरीकाे विश्वास

निजी क्षेत्रको प्रवर्द्धनलाई प्राथमिकता दिएर बजेट आउनेमा विनोद चौधरीकाे विश्वास


सांसद विनोदकुमार चौधरीले सुशासन र निजी क्षेत्रको प्रवर्द्धनलाई प्राथमिकता दिएर बजेट आउनेमा विश्वास व्यक्त गरेका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथिको छलफलका क्रममा बोल्दै सांसद चौधरीले निजी क्षेत्रको प्रवर्द्धनलाई प्राथमिकता दिएर विनियोजन विधेयकका सिद्धान्त आएकाले बजेट पनि त्यसैअनुरुप आउने विश्वास व्यक्त गरेका हुन् । 

विद्युत् निर्यातमार्फत् व्यापार घाटा पूर्ति गर्ने नीति बजेटले लिनुपर्ने उनको विचार छ । बूढानीलकण्ठजस्ता विद्यालय सकेसम्म प्रत्येक जिल्लामा नभए एउटा प्रदेशमा एउटा खोल्ने गरी बजेट व्यवस्थापन गर्न पनि सांसद चौधरीले माग गरे । 

आवासको हकका लागि तीनै तहका सरकारले फरक–फरक कार्यक्रम अघि सारेपनि आवासविहीनले आवास पाउन नसकेकाले एकीकृत रुपमा कार्यक्रम अघि लैजानुपर्नेमा उनको जोड थियो ।

Logo