बार्सिलोनाका कप्तान बुस्केट क्लब छाेड्दै

बार्सिलोनाका कप्तान बुस्केट क्लब छाेड्दै


बार्सिलोनामा आवद्ध भएको १८ वर्षपछि कप्तान सर्जियो बुस्केटले क्लब छाडने भएका छन् ।  जारी सिजनको अन्तबाट कप्तान बुस्केटले बार्सिलोना छाड्ने निर्णय गरेका हुन् । ३४ वर्षीय बुस्केटले बार्सिलोनाका लागि ७ सय १८ खेल खेलेका छन् भने बार्सिलोनाबाट सर्वाधिक धेरै खेल्ने तेस्रो खेलाडीको रुपमा बुस्केटको नाम अंकित भएको छ । 

‘१८ बर्षको बार्सिलोनासँगको यात्रा अविष्मरणीय रह्यो। म सानैमा पनि सधैं बार्सिलोनाको जर्सिमा नै मैदानमा खेलेको सपना देख्थेँ, जुन सपना मैले सोचेको भन्दा लामो समयसम्म जारी रह्यो’ उनले भने, ‘धेरै वर्षदेखि बार्सिलोना र फुटबल प्रेमीहरुबाट पाएको यो सम्मान र अवसरले मलाई धेरै थोक र अविश्मरणीय यादहरु दिएको छ। यो अवसर सिर्जना गर्ने क्लब र सबै समर्थक र सहकर्मी प्रति धन्यवाद दिन चाहन्छु।’ 

उनको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाले ८ वटा ला लिगा उपाधि, ७ वटा कोपा डेल रे, ७ वटा स्पेनिस सुपर कप र तीन च्याम्पियन्स लिगको उपाधि जितेको थियो। २००५ मा युथ खेलाडीको रूपमा बी डिभिजनमा आबद्द भएका बुस्केट २००८ मा सिनियर टिममा डेब्यु गरेका थिए।

Logo