कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव वाग्लेसँग फेरि मागियो स्पष्टीकरण

कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव वाग्लेसँग फेरि मागियो स्पष्टीकरण


कोशी प्रदेश सरकारले प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई दोस्रो पटक स्पष्टीकरण सोधेको छ ।

सामाजिक विकास मन्त्रालयले यसअघि ७ दिने स्पष्टीकरण सोधेकोमा चित्त नबुझेको भन्दै पुनः दोस्रो पटक तीन दिने स्पष्टीकरण सोधेको हो। सदस्य सचिव वाग्लेलाई पहिलो पटक गत वैशाख १७ गते सात दिने स्पष्टीकरण सोधिएको थियो । 

‘तपाईँलाई मिति २०८० बैशाख १७ गते सोधिएको स्पष्टीकरणको जवाफसमेत चित्त बुझ्दो नभएकाले प्रदेश खेलकुद ऐन २०७६ को दफा ४ को उपदफा ९४० बमोजिम तपाईँले इमानदारितापूर्वक आफ्नो कर्तव्य पालना गरेको नदेखिएकोले सोका आधारमा तपाईँलाई आफ्नो पदबाट किन नहटाउने ? कारणसहित तीन दिनभित्र लिखित स्पष्टीकरण पेस गर्नुहुन यस मन्त्रालयको मिति २०८० वैशाख २७ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार अनुसार अनुरोध छ ।’

गत वैशाख १४ गतेदेखि १६ गतेसम्म झापामा आयोजित प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको ब्यानरमा कोशी प्रदेश सरकारको नाम किन उल्लेख नगरेको ? भन्दै मन्त्रालयका उपसचिव फणिन्द्र खत्रीले दोस्रो पटक स्पष्टीकरण सोधेका हुन् । उनलाई जिम्मेवारीवाट पदमुक्त गर्नका लागि प्रक्रिया पुरयाउनका लागि दोस्रो पटक स्पष्टीकरण सोधिएको बुझिन आएको छ । 

उता मन्त्रालयले पहिलो स्पष्टीकरण सोधे लगतै प्रभु बैंकको शाखा कार्यालयलाई पत्र लेख्दै प्रदेश खेलकुद विकास बोर्डको बैंक खाता रोक्का गर्न निर्देशन दिईसकिएको छ ।

Logo