#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व65834730460486468141419
नेपाल5041

नेपाल जेसीजमा नयाँ कार्यसमितीलाई स्वागत

काठमाडौं ।

पुरानो कार्यसमितीलाई विदा गर्दै नेपाल जेसीजले नयाँ कार्यकारिणी समिति २०२० लाई स्वागत गरेको छ ।

नेपाल जेसीजका नवनिर्वाचित अध्यक्ष अशोक शंकरको सभापतित्वमा भएको कार्यक्रम साझा पार्टीका संयोजक रबिन्द्र मिश्रको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै मिश्रले देशको जनसंख्याको दुई तिहाई हिस्सा ४० बर्ष भन्दा कम उमेर समुहको रहेको र ४० बर्षको उमेरको समय सिमा जेसीजमा रहेको प्रसंग कोटयाउदै जेसीजमा लागेर हासिल गरेको नेतृत्व विकास लगायतका क्षमतालाई ब्यवसायिक जीवनमा लागु गर्न सुझाव दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सन २०२० का जेसीज अध्यक्ष अशोक शंकरले जेसीजका मूलभूत सिद्धान्तलाई अक्षरंश पालना गर्दै जेसीज युवाहरुलाई जोश, जाँगरका साथ हातेमालो गर्दै अघि बढन र नयाँ कार्यसमितिलाई सघाउन आग्रह गरे ।

कार्यक्रममा नेपाल जेसीजका संस्थापक अध्यक्ष समेत रहेका पूर्व मन्त्री एवं राजदुत भेष बहादुर थापाको पनि उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचारहरु