‘अलपत्र योजना सम्पन्न गर्नु मन्त्रालयको पहिलो प्राथमिकता’ -मन्त्री ज्वाला

‘अलपत्र योजना सम्पन्न गर्नु मन्त्रालयको पहिलो प्राथमिकता’ -मन्त्री ज्वाला


भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले अलपत्र योजना सम्पन्न गर्नु सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । 

मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्वालाले विभिन्न मन्त्रालयसंगको समन्वयमा सकेसम्म पुराना कामहरुलाई पूरा गर्ने तर्फ मन्त्रालयले प्राथमिकताका साथ काम गर्ने बताएका हुन् । 

उनले भने, ‘हामीले यो क्रोनिक प्रोजेक्टहरु जुन विभिन्न ठाँउमा छन् । त्यी प्रोजेक्टहरुलाई पहिलो प्राथमिकता दिई त्यसलाई सम्पन्न गरौं । सम्पन्न हुने हद सम्म  । काम हुन सक्ने हद सम्म, अत्यन्तै लचिलो भएर हामीले बजेटको सर्पोट गर्न पर्छ कि विभिन्न मन्त्रालयसंग समन्वय गर्न पर्छ कि ।’

सकेसम्म सुरु भएका योजना चाँडै सम्पन्न हुन भन्नेमा सरकार गम्भीर भएको उनको दाबी छ ।  उनले भने, ‘हामी चाहीँ यो विकास निमार्णका कामहरु छिटो भन्दा छिटो हुन् । जनताले छितो भन्दा छिटो त्यसबाट सेवा लिन सकुन भन्ने कुरामा अत्यन्तै धेरै चिन्तित पनि छौं ।’

मन्त्री ज्वालाले भौतिक पूर्वाधार विकासका लागि थप श्रृण लिने प्रक्रिया चलिरहेको समेत जानकारी दिए । 

Logo