ठगी गिरोहलाई गाडी उपलब्ध गराउने हज समितिका अध्यक्ष मियाँ सिंहदरबारबाट पक्राउ

ठगी गिरोहलाई गाडी उपलब्ध गराउने हज समितिका अध्यक्ष मियाँ सिंहदरबारबाट पक्राउ


नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी प्रकरणमा मुछिएका नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् । 

प्रहरीले अनुसन्धान थालेपछि सम्पर्कविहीन भएका अध्यक्ष मियाँलाई बिहीवार प्रहरीले सिंहदरबारबाटै पक्राउ गरेको हो । शरणार्थीको नाममा ठगी गर्ने गिरोहले मियाँ चढ्ने गाडी प्रयोग गरेको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । 

गृह मन्त्रालय अन्तर्गतको नेपाल हज समितिको नाममा रहेकाे बि.ए.बी–१४०५ नम्बरको निशान पेट्रोल जिपमा पीडितहरूलाई बायोमेट्रिक गराउन र अन्तर्वार्ता दिन बोलाएर गिरोहका सदस्यहरू सो गाडी प्रयोग गर्ने गरेको खुलेको छ । सो गाडी पनि प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।  

उक्त गाडीको नम्बर पटकपटक फेरेर चलाइएको बताइएकाे छ । गिरोहले गृहकै गाडी प्रयोग गरेको भन्ने जानकारी प्राप्त गरे पनि नम्बर प्लेट नै फरक परेपछि प्रहरी अलमलमा परेको थियो । अन्तिममा यातायात व्यवस्था विभागबाट सो गाडी पुष्टि गरी प्रहरीले केही दिनअघि बरामद गरेको हो।

Logo