काठमाडौंलाई व्यवस्थित गर्न राज्यले कुनै पहल गरेनः खिमलाल देवकोटा

काठमाडौंलाई व्यवस्थित गर्न राज्यले कुनै पहल गरेनः खिमलाल देवकोटा


राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले काठमाडौंलाई व्यवस्थित बनाउन राज्यले कुनै पनि पहल नगरेको टिप्पणी गरेका छन् । 

शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले सरकारको विभिन्न निकाय र तहहरुबीच उचित समन्वय र सहकार्य नहुँदा र आफ्नो भुमिका ईमान्दारीका साथ निर्वाह नगर्दा काठमाडौं संसारको सबैभन्दा प्रदुषित शहरको रुपमा परिणत भएको बताए । 

काठमाडौं संसारको सबैभन्दा प्रदुषित शहर भनेर विभिन्न समाचारहरु आईरहेका छन् । यसको लागि सरकारले ध्यान दिनुपर्ने उनको भनाई छ । वायु प्रदुषणलाई नियन्त्रण गर्न राज्यले अनुगमन नै नगरेको उनको आरोप छ । प्रदुषणले जनतालाई असुरक्षित महसुश गराएको उनको भनाई छ । उनले यसमा राज्यले व्यवास्था गरेको बताए । 
 

Logo