गणतान्त्रिक पद्धतिमाथि आक्रमण भइरहेको छ: अध्यक्ष पोखरेल

गणतान्त्रिक पद्धतिमाथि आक्रमण भइरहेको छ: अध्यक्ष पोखरेल


नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले राजनीतिक कमजोरीलाई देखाएर गणतान्त्रिक पद्धतिमाथि नै आक्रमण भइरहेको बताएका छन्। 

बिहीवार गणतन्त्र दिवस २०८० को अवसरमा ‘हाम्रो संस्कृति हाम्रो सम्पदा’ विषयक साताव्यापी तस्बीर प्रदर्शनी कार्यक्रममा उनले राजनीतिक कमजोरीलाई देखाएर गणतान्त्रिक पद्धतिमाथि नै आक्रमणको प्रयत्न भएको टिप्पणी गरेका छन्। 
 
उनले भने, ‘राजनीतिक कमजोरीलाई देखाएर पद्धतिमाथि नै आक्रमण गर्ने गणतान्त्रिक व्यवस्थामाथि नै खराब हो भन्ने जुन प्रयत्न हुन थालेको छ यो आफैमा अत्यन्तै खेदजनक छ। लोकतन्त्र भन्दा अन्य कुरामा गएर बहस गर्न थालियो भने हामी राजनैतिक हिसाबले र समाजको परिवर्तित स्वरुपलाई पनि बुझ्दैनौँ।’ 

उनले गणतन्त्र जिवन पद्धति भएकाले यसलाई जिवन पद्धतीका रुपमा स्विकार्न सकियो भने मात्र गणतन्त्रको लाभ जनताले लिन सकिने बताए।

Logo