#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1330806157722349631447767694
नेपाल1706138669510328

सप्तरीमा भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु

सप्तरी ।

सप्तरीको छुटाछुटै ठाउँमा मंगलबार भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बलानबिहुल गाउँपालिका–२ झिझहा टोलस्थित सडकमा मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको ज्यान गएको प्रहरीले जनाएको छ ।

स ८ प ७०११ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्री सुरुङ्गा नगरपालिका–१० थलाहा बस्ने ३५ वर्षीया फुर्तिलाल मुखियाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ । ठक्कर दिने मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सप्तरीकै कञ्चनपुर नगरपालिका–१० बदगामास्थित सडकमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने बदगामा नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा अन्दाजी ४० वर्षीय पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । मृतकको नाम, थर, वतन खुल्न नसकेको र ठक्कर दिने सवारी साधनको खोजी कार्यसमेत भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार