‘संयुक्त सभाको अध्यक्षता कसले गर्ने भन्ने टुंगो लाग्न बाँकी’ -सभापति प्रधान

‘संयुक्त सभाको अध्यक्षता कसले गर्ने भन्ने टुंगो लाग्न बाँकी’ -सभापति प्रधान


संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली समितिका सभापति ध्रुवबहादुर प्रधानले संयुक्त सभाको अध्यक्षता कसले गर्ने भन्ने कुराको कुनै निष्कर्ष आइनसकेको बताएका छन् । 

संघीय संसदमा पेश भएको संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति नियमावली मस्यौदामाथिको दफाबार छलफलमा उठेको प्रश्नको जवाफ दिदैं सभापति प्रधानले संघीयता कार्यान्वयन अनुगमन समितिको बारेमा पनि टुंगो लाग्न बाँकी रहेको बताए । 

उनले भने, ‘संयुक्त सभाको अध्यक्षता कस्ले गर्ने भन्ने कुरा संविधानमा भएको व्यवस्था बमोजिम बाहेकको कुरा गर्न नसकिने भएको कारणले त्यसलाई हामीले त्यतिकै राख्नुपर्ने अवस्था आएको छ । संघीयता कार्यन्वयन अनुगमन समितिको कुरा कहाँ र कुन समितिमा राख्ने भन्ने कुरा निर्णय गरिसकको छैनौं ।’ 

Logo