हवाई रुट र सिमाको विषयमा भारत भ्रमण उपलब्धिपूर्ण हुने प्रधानमन्त्री प्रचण्डको विश्वास

हवाई रुट र सिमाको विषयमा भारत भ्रमण उपलब्धिपूर्ण हुने प्रधानमन्त्री प्रचण्डको विश्वास


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसपटकको भारत भ्रमण हवाई रुट र सिमा समस्या समाधानका लागि उपलब्धिपूर्ण हुने विश्वास व्यक्ति गरेका छन् । 

नेपाल राष्ट्रिय प्राध्यापक संगठनको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यो पटक हवाई रुट, सिमामा देखिएका समस्यालगायतका विषयमा आफ्नो भारत महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका हुन् । 

उनले भने, ‘१७ गते म भारत भ्रमणमा जादैँ छु । यो पटकको भारत भ्रमण अलि विशिष्ट हुने मैले विश्वास लिएको छु । दुवै देशको जुन तयारीको क्रम चलेको छ । हामी पनि लगातार भारत भ्रमणलाई सफल बनाउन त्यो नेपालको राष्ट्रिय हित, नेपाली जनताको आवश्यकतालाई सम्बोधन गर्ने एउटा विशिष्ट भ्रमण होस भन्नको निम्ति लगातार मेहेनत गरिहेका छौं । हामीले यो पटक हवाई रुटको लागि केही हुन्छ कि भन्ने कुरा लिएर जादैँ छौं, बोर्डरको समस्यालगायत अन्य समस्याहरु समाधान गर्ने देष्टिकोणले पनि यो पटकको भ्रमण अरु बेलाको भन्दा सफल हुने विश्वास लिएको छु । नेपालको हित र विकासको काममा कुनै पनि सम्झौता नगरिने विश्वास दिलाउन चाहान्छु । ’

बजेटमा धेरै नयाँ कार्यक्रम र योजना राख्न नसकेपनि ७५३ वटै पालिकामा कृषि उत्पादन वृद्धि गर्ने र युवाहरुलाई रोजगार दिने एउटा कार्यक्रम समेटिएकोले  यो बजेट जनताको पक्षमा काम गर्ने उनको भनाई छ । 

प्रधानमन्त्री प्रचण्डले देश पछाडि पर्नु र अर्थतन्त्रमा संकट आउनुको मुख्य कारणको रुपमा रहेको संस्थागत वेतिथि, भ्रष्टाचार, बेइमानी विरुद्ध आफूले लडाँइको सुरुवात गरेको तर्क गरे । 

Logo