जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ


मुस्ताङकाे घरपझोङ गाउँपालिका-४ काठेपुलस्थित स्याङ्जा बिरुवा गाउँपालिका-४ घर भएका कुलमान सिंह थापाको हाम्रो होटलबाट जुवातास खेलिरहेको अवस्थामा थापासहित ६ जनालाई  प्रहरीले पक्राउ गरेको छ। 

सो होटलमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७३ हजार ५० रुपैयाँ र ३ बुक ताससहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ। 

Logo