#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व134758774782986352286453
नेपाल9081

प्रकाश पाण्डेको अध्यक्षतामा ईक्यानको नयाँ कार्यसमिती सर्वसम्मत

काठमाडौं ।

नेपाल शैक्षिक परामर्श संघ ईक्यान केन्द्रको सम्पन्न १४ औं बार्षिक साधारण सभाले प्रकाश पाण्डेको अध्यक्षतामा सर्वसम्मत रुपमा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

शनिबार राजधानीमा भएको साधारणसभाले नयाँ पदाधिकारी छनौट गरेको हो । निर्वाचित पदाधिकारीहरुमा अध्यक्ष प्रकाश पाण्डे, नि. वर्तमान अध्यक्ष विष्णुहरी पाण्डे, प्रथम उपाध्यक्ष देवीदास भट्टराई रहेका छन् ।

यस्तै द्वितीय उपाध्यक्षमा शेष राज भट्टराई, तृतीय उपाध्यक्षमा कृष्ण के.सी., महासचिवमा दीपक भूषाल, प्रथम सचिव बासुदेव दाहाल, द्वितीय सचिवमा बालकृष्ण श्रेष्ठ छन् । कोषाध्यक्षमा प्रकाश श्रेष्ठ, सहकोषाध्यक्ष कर्ण बहादुर गुरुङ तथा सदस्यहरुमा सुष्मा आचार्य, भवनाथ हुमागाईं , रत्न भट्टराई , सुवास गौतम , बिकल्प पोखरेल, आर्यन उप्रेती र नवराज भट्टराई रहेका छन् ।

सम्बन्धित समाचारहरु