भारतबाट भैंसी होइन, मुर्रा राँगो ल्याउने सहमति ७ बर्षअघि भएकाे होः प्रधानमन्त्री

भारतबाट भैंसी होइन, मुर्रा राँगो ल्याउने सहमति ७ बर्षअघि भएकाे होः प्रधानमन्त्री


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतबाट राँगो ल्याउने सहमति आज नभई ७ बर्ष अघि भएको प्रष्ट पारेका छन् । 

आफ्नो भारत भ्रमणको बारेमा उठेका प्रश्नहरुको सोमबार प्रतिनिधिसभामा जवाफ दिदैं प्रधानमन्त्री दाहालले भैंसी नभइ मुर्रा जातको राँगो सहमति अनुरुप यसपटक मात्र आएको प्रष्ट पारे । 

उनले भने भैंसीको कुरा आज भन्दा ७ वर्ष अगाडि नै मुर्रा भैंसी ल्याउने कुरा भएको रहेछ । आएको मात्र अहिले हो । ७ वर्ष अगाडिको रहेछ मुर्रा भैंसी । मान्छेले मलाई भैंसी चढाएर हिडाएका छन् । राँगा राँगा नै हो मुर्रा हो मुर्रा ।’ 

Logo