राष्ट्रियसभाको बैठक दिउँसो ३ बजे बस्ने

राष्ट्रियसभाको बैठक दिउँसो ३ बजे बस्ने


राष्ट्रियसभाको आज १ बजेका लागि बोलाइएको बैठक विशेष कारणवस दिउँसो ३ बजे बस्ने भएको छ । 

संसद भवनमा टाँस गरिएको  सूचनामा सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  सार्वजनिक महत्वका विषयमा जानकारी गराउने कार्यसूची थियो । प्रधानमन्त्री दाहाल प्रतिनिधिसभा बैठकमा सांसदको प्रश्नोत्तरमा व्यस्त रहेकाले राष्ट्रियसभाको बैठक सारिएको हो । राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले  दिउँसो २ बजे सूचना टाँस गरी बैठक ३ बजे बैठक बस्ने जानकारी गराएका हुन् । 

राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ९३० बमोजिम बैठक सारिएको सूचनामा उल्लेख छ ।

Logo