#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1219692255277145503887093763
नेपाल165313586057891

जनकपुर जयनगर रेल २ महिनाभित्रमा सञ्चालनमा आउँछ- यातायात मन्त्री नेम्वाङ

काठमाडौं ।  भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बसन्तकुमार नेम्वाङले जनकपुर जयनगर रेल २ महिनाभित्रमा सञ्चालनमा आउने बताएका छन् ।

मंगलबार राष्ट्रियसभाको दिगो विकास समिति बैठकमा मन्त्री नेम्वाङले यस्तो बताएका हुन् । ट्रयाक र लिग निर्माणको काम सम्पन्न भइसकेको र भारत सरकारबाट रेल खगरिका लागि अर्डर समेत भइसकेको उनले बताए । जी टु जी माध्यमबाट रेल खरिद गरिने छ । २ महिनाभित्रमा जयनगर जनकपुर ३५ किलोमिटरको रेल सञ्चालनम आउने र त्यसपछि बर्दिबाससम्म विस्तार हुनेमा ढुक्क रहन उनले आग्रह गरे ‘यति दिन भनेर मिति तोक्न सक्दिन तर चाडै नेपालमा रेल सञ्चालन भएको देखिन्छ । रेलको बाटो निर्माण भएको देखिन्छ । रेल एने आइसकेकाे छ ।’

सरकारले संघ अन्तर्गत पर्ने बाटोहरुको पूर्ननिर्माणका कामहर” गरिरहेको उनले बताए। खाल्डा पुर्ने, कालोपत्रे गर्ने कामहरु संघीय सरकारले गरिरहेको उनले बताए । संघ अन्तर्गत रहेको १२ हजार किलोमिटर सडकको मर्मतको कामभइरहेका र करिब ४७ किलोमिटर सडक स्थानीय र प्रदेश सरकारले हेर्ने उनले बताए ।

समिति बैठकमा यातायात व्यवस्था विभागका महानिर्देशक इञ्जिनियर गोगनबहादुर हमालले स्थानीय तहभित्र रहेको यातायात व्यवस्थापन गर्ने दायित्व स्थानीय सरकार, प्रदेशभित्रको व्यवस्थापन गर्ने दायित्व प्रदेश सरकारको भएको बताए । दुई प्रदेश जोडिएको हकमा, समग्र यातायात व्यवस्थापन सम्बन्धि मापदण्ड नीति बनाउने काम संघीय सरकारले गर्ने गरी जिम्मेवारी तोकिएको उनले बताए । दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरी, गृहमन्त्रालयसँग पनि छलफल भइ योजनाहरु बनाउने काम सुरु गरिएको उनले बताए ।

समितिमा सांसद दिनानाथ शर्माले स्थानीय तहका जनप्रतिनिधिहरुले जथाभावि डोजर किनेर जथाभावि सडक निर्माण गरि गाडी गुडाउने गरेको अवस्था रहेको र त्यसलाई न्यूनिकरण गर्नुपर्ने बताए । जनताको आवश्यकता अनुसार भन्दा जनप्रतिनिधिहरूले बिना अध्ययन आफ्नो घरसम्म जाने बाटो निर्माण गरिरहेको तर्फ सरकारले ध्यान दिनुपर्ने उनको आग्रह छ । स्थानीय स्तरमा निर्माण हुने सडकको मापदण्ड मन्त्रालयले तोक्नुपर्ने उनले बताए ।

सांसद विमला राई पौडेलले चालकहरुसँग चालक अनुमतिपत्र छ छैन भन्ने कुरा यात्रुले थाहा नपाउने भएकाले यात्रुले देख्ने गरी कार्ड राख्ने व्यवस्था गर्नुपर्ने बताइन्। चालकको नाम ठेगना र लाइसेन्स नम्बर यात्रुले देख्ने गरेर राख्ने व्यवस्था भए यात्रु ठगिन बाट बच्ने उनको भनाई थियो ।

समितिमा मंगलबार यातायात व्यवस्थित गर्न दिइएको निर्देशन सडक जोखिम व्यवस्थापन, सडक दुर्घटना र धनजनको क्षति न्यूनीकरण गर्ने आवश्यक कार्ययोजना बनाएर लागु गर्ने गराउने सम्बन्ध् दिइएको निर्देशनको पालना भए नभएको विषयमा मन्त्री यातायात व्यवस्था विभागका महानिर्देशकसँग छलफल भएको थियो ।

सम्बन्धित समाचारहरु

ताजा समाचार