#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व21482571765984647475014241837
नेपाल26019102871617201

नेपाल स्टक एक्सेन्ज रियल टाईम सेटलमेन्टमा जानुपर्ने अर्थमन्त्रीकाे भनाइ

file photo

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पूँजी बजारको विकासका लागि नेपाल स्टक एक्सेन्ज रियल टाईम सेटलमेन्टमा जानुपर्ने बताएका छन् ।

नेपाल स्टक एक्सचेन्जको २७ औं वार्षिकोत्सवको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले नेपाल राष्ट्र बैंक जस्तै नेपाल स्टक एक्सचेन्ज पनि रियल टाइम सेटलमेन्ट (आरटीजीएस)मा जानुपर्ने बताएका हुन् । उनले नेप्से आरटीजीएसमा गए लगानीकर्ताले एक लाख रुपैयाँले पनि ठुलो कारोबार गर्न सक्ने र बजारमा पैसाको सर्कुलर बढ्न सक्ने भएकाले बजारको विकास पनि हुने र बजारलाई गप गतिसिल बनाउने बताएका हुन् । उनले कहिले बैंकको ब्याजदर घट्ला, कहिले तरलता बढ्ला र शेयर बजार बढ्ला भनेर बालुवाटार तिर फर्केर हेर्ने प्रवृतिको अन्त्य हुने बताए ।

अर्थमन्त्री खतिवडाले ब्रोकरको संख्या बढाउने, बैंकलाई ब्रोकर लाइसेन्स दिने लगायतका विषयमाथि थप छलफल गर्न सकिने पनि बताए । उनले लाभांशमा दोहोरो करका विषयमा देखिएका समस्या आगामी बजेटमार्फत समाधान गर्ने समेत बताए । उनले सिडिएसकाे दायरा बढाउने, धितोपत्रको कारोबारले मात्र बजार गतिसिल नहुने भएकाले ऋणपत्रहरुको विकास गरिने लगायतका बजार सुधारका काम गर्न बाँकी रहेको समेत बताए । त्यस्तै अर्थमन्त्री खतिवडाले नियामक निकाय र त्यस अन्तर्गतका संस्थाहरुबीच कहिले काहिं आउने विवाद स्वभाविक भएको बताउँदै त्यसमा सरकारले दिने निर्देशन सबैपक्षले मान्य बाध्य हुने बताए। उनले धितोपत्र बजारको विकासका लागि कानुनमा समस्या भए, निर्देशनहरूमा समस्या भए छलफल गर्न सकिने बताउँदै जारी भएका निर्देशनहरू पालनामा ध्यान दिन सबैलाई आग्रह गरे ।

सम्बन्धित समाचारहरु

ताजा समाचार