मुर्रा राँगोबारे मैले कुरा गरेको हुँ, प्रचण्डलाई दाम्लोमात्रै थमाएको होः ओली

मुर्रा राँगोबारे मैले कुरा गरेको हुँ, प्रचण्डलाई दाम्लोमात्रै थमाएको होः ओली


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नस्ल सुधारका लागि भारतसँग ‘मुर्रा’ राँगोबारे आफैंले कुरा गरेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दाम्लोमात्रै थमाएको टिप्पणी गरेका हुन् ।

उनले भने, ‘राँगो ल्याएको आलोचित भयो भनेपछि, पाँच वर्षअघिको प्रधानमन्त्री थियो उसैको पालामा कुरा चलाएको रहेछ । अहिले त दाम्लोमात्र थमाएको हो । आखिर आड त हाम्रै लिनुपर्ने रहेछ नि १ राँगोको कुरा पनि केपी ओलीले रहेछ । नस्ल सुधारको कुरा, फर्टिलाइजरको कुरा । पाइपलाइनको कुरा, रेलको कुरा केपी ओलीले गरेको रहेछ ।’

हिजो मजाकको विषय बनाइएर हिलो छ्यापेको हिलो पुस्दै पुस्दै त्यही बाटोमा हिँड्नुपरेको उनले टिप्पणी गरे ।

Logo