संसदमा रेकर्डबाट हटाउने परम्परा अन्त्य गर्न सांसद खतिवडाकाे माग

संसदमा रेकर्डबाट हटाउने परम्परा अन्त्य गर्न सांसद खतिवडाकाे माग


नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले संसदमा रेकर्डवाट हटाउने परम्परा अन्त्य हुनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै सांसद खतिवडाले जलहरी प्रकरण सांसदमा उठेको तर पछि हटाएको भन्दै आपत्ति समेत जनाए ।

‘महालेखाको प्रतिवेदनमा नै पशुपतिमा चढाईएको जलहरीको सुन हराएको बिषय संसदमा उठाईयो तर पछि त्यसलाई संसदको रेकर्डवाट हटाउने काम भयो, यो परम्पराको अन्त्य हुनुपर्छ,’ उनले भने, ‘तर, संसदको रेकर्डबाट हटाईएको भए पनि जनताको मनबाट हट्ने छैन ।’

Logo