त्रिभुवन विमानस्थलबाहिर प्रहरीले चलायाे गोली, लागुऔषध कारोबारी घाइते

त्रिभुवन विमानस्थलबाहिर प्रहरीले चलायाे गोली, लागुऔषध कारोबारी घाइते


काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै गोली चलेको छ । 

लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले विमानस्थलको गेटनजिकै शम्भु मार्गमा लागुऔषध कारोबारी एक युवालाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको हो । सो क्रममा भाग्न खोज्ने ती युवकको बायाँ खुट्टाको घुँडामुनि गोली लागेको बताइएको छ । 

 ती युवकको परिचय खुलिसकेको छैन भने उनलाई उपचारका लागि केएमसी अस्पतालमा लगिएको छ ।  

Logo