करको दायरा मात्र बढाएर अर्थतन्त्रको सुधार हुन सक्दैनः सांसद शाही

करको दायरा मात्र बढाएर अर्थतन्त्रको सुधार हुन सक्दैनः सांसद शाही


नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले करको दायर मात्र बढाएर अर्थतन्त्रको सुधार गर्न नसकिने बताएका छन्। 

आइतबार प्रतिनिधिसभाको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफलमा सहभागी हुँदै सांसद शाहीले नीति तथा कार्यक्रम एकातिर छ,तर बजेट भने अर्को तर्फ केन्द्रित भएको बताए। 

उनले भने ‘बजेटलाई हेर्दा प्रधानमन्त्री र अर्थमन्त्रीबीच भेटघाट नभएको मैले बुझेको छु। नीति तथा कार्यक्रम एकातिर छ र बजेट अर्को तर्फ केन्द्रित छ। करको दायरा मात्र बढाएर नेपालको अर्थतन्त्रमा सुधार ल्याउन सकिँदैन।’

सबै क्षेत्रमा बजेट केन्द्रित गर्नुपर्ने भन्दै सांसद शाहीले सबै प्रकारको आर्थिक समस्यालाई सुधार्नको लागि सबै एकै ठाउँमा उभिन आवश्यक भएको बताए। उनले देशको लागि पूर्वाधार निमार्णमा पनि जोड दिनुपर्ने उनको भनाइ थियो । 

Logo