सिसिटिभी फुटेज बाहिरिएपछि रुँदै आस्था राउतले माफी मागिन्

काठमाडौं । गायिका आस्था राउतले त्रिभुवन विमानस्थलमा प्रहरी जवान र आफूबीच भएको विवादको सिसिटिभी फुटेज सार्वजनिक भएपछि माफी मागेकी छिन्।

शुक्रबार त्रिभुवन विमानस्थलमा राउत र प्रहरी जवानबीच भएको भिडिओ सार्वजनिक भएपछि फेरि राउत आफ्नो फेसबुकबाट लाइभ आएर आफूले प्रहरी जवानलाई अपशब्द बोलेको भन्दै त्यसप्रति माफी मागेकी छन्।

दुई चार वटा शब्द बाेल्दा केही गलत भएकाे नत्र भने अरु कुरा गलत छैनन् तर आफूप्रति दुर्व्यवहार भएको भने उनले दाबी गरेकी छिन्-‘मप्रति दुर्व्यवहार भएकै हो आज नि भन्छु, भोलि नि भन्छु,’ उनले भनिन्, ‘मैले घटनालाई के भएको हो सरल भाषामा भन्न सक्थे; डन्ठे, सन्ठे भन्न हुँदैन थियो, सबै प्रहरीलाई सरी भन्न चाहन्छु तपाईंहरूको मनोबल गिरेको भए।’

 

सम्बन्धित समाचारहरु