बजेटमा दम भएकै कारण दर्जनौँ प्रश्न उठेको अर्थमन्त्री महतको जिकिर

बजेटमा दम भएकै कारण दर्जनौँ प्रश्न उठेको अर्थमन्त्री महतको जिकिर


अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटका बारेमा दर्जनौँ प्रश्न उठेको र बजेटमा भएको शक्तिकै कारण यो प्रश्न उठेको धारणा राखेका छन् । 

प्रतिनिधिसभामा आर्थिक बर्ष २०८०/८१ को अनुमानित आयव्ययमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिदैं अर्थमन्त्री महतले विपक्षी दलका नेताले २ घण्टा उभिएर बजेटको बारेमा बोल्नुले बजेटमा केही दम छ भन्ने प्रष्ट भएको जिकिर गरे । 

उनले भने, ‘मैले तीन घण्टाको बजेट प्रस्तुत गरे तर विपक्षीदलका नेता केपीशर्मा ओलीले २ घण्टाको टिप्पणी गर्नु भएको छ । यसबाट मैले यो बजेटमा केही महत्वपूर्ण कुरा छन् । यसले नयाँ कुरा अगाडि बढाउनेछ, होइनभने विपक्षीदलको नेतादुई घण्टा उभिएर समय दिनु हुन्नथ्यो ।’ 

अर्थमन्त्री महतले बजेटमा भएका केहीकमजोरीलाई आफुले स्वीकारेको पनि प्रष्ट पारेका छन् । उनले भने, ‘आर्थिक वृद्धिको लक्ष्य महत्वकांक्षी भयो भनेर आएको छ । यसको आकार ठूलो भयो भनेर आएको छ । राजस्वको लक्ष्य महत्वाकांक्षी भनेर आएको छ।  साधरण खर्च घटाउन सक्नु भएनभनेर आएको छ । गाँजाखेती नै किनभनेर प्रश्न उठेको छ । कृषि शिक्षा स्वाथ्यमा बजेट कमभयो भनिएको छ । उपभोग्य बस्तुको बारेका करमा प्रश्नआएको छ । एकै पटक समस्याको चाङलाई हटाउन सकिँदैन त्यो मेले स्वीकार गरेको छु त्यसैले बजेट कार्यन्वयन र सुधारको प्रस्ताव गरेको छु । यो बजेट अहिले पनि थोरै थारै बाँड्ने प्रवृतिलाई रोक्न सकेका छैनौं । समस्या, महत्वकांक्षा र मागहरु धेरै छ, स्रोत साधन छैन् । जति पनि विनियोजन छ ती विनियोजनहरु जहाँ आवश्यकता छ,त्यहीअनुसार राखेका छौं ।’ 

Logo