अपहरण पछिको नाटकः भारत कहिलेसम्म त्रिभुवन अन्तर्राष्ट्रीय विमानस्थलसँग तर्सिरहने ?

अपहरण पछिको नाटकः भारत कहिलेसम्म त्रिभुवन अन्तर्राष्ट्रीय विमानस्थलसँग तर्सिरहने ?


२४ डिसेम्बर १९९९ नेपालहवाई उडान जगतका लागि कालो दिनको रुपमा अंकित रहनपुग्यो । त्रिभुवन अन्तर्राष्ट्रीय विमानस्थलबाट विमान चालक दलका १५ सदस्यसहित १ सय ७१ यात्रु लिएर नयाँदिल्ली उडेको इण्डियन एयरलाइन्सको आइसी –८१४ अपहरणमा पर्यो । नयाँदिल्ली उडेको विमान अफगानिस्तानको कान्दाहार विमानस्थल पुर्याइयो । 

अपहरणकारीको माग पूरा भएपछि विमान र विमानमा रहेकायात्रुलाई मुक्त गरियो । यो थियो भारत र अपहरणकारीबीचको राजनीति । तर यो घटनापछि नेपालमाथि गिद्दे दृष्टि लगाउँदै आएको भारतले धेरै कुरा छिनेको छ । जसकाे असर आजसम्म नेपाली जनताले मात्र नभइ नेपालबाट उडेको विमानबाट नयाँदिल्ली हुँदै अन्य देश जाने बिभिन्न देशका नागरिकले पनि भोग्दै आएका छन् । 

अपहरणपछि भारतले नेपालको सुरक्षाजाँच प्रणालीमा नै प्रश्न उठाउँदै आफ्नो छुट्टै सुरक्षाजाँच निकाय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल राख्न पाउनु पर्ने दबाब दिएको थियो । भारतीय पक्षले नेपाली भूमि नै टेकेर आफ्नो विमानमार्फत उडान भर्नेहरुको सुरक्षा चेकजाँचगर्न थालेपछि नेपालले तत्कालै विरोध जनाएको थियो । त्यसपछि नेपाली भूमिभन्दा केहीमाथि चेकजाँच गर्न थाल्यो । त्यो ‘ल्याण्डरपोइन्ट’ सुरक्षा अहिले पनि जारी छ । 

अपहरणको घटनापछि त्रिभुवन विमानस्थलको सुरक्षाजाँचमा निकै परिवर्तन गरियो । तर अझैपनि भारतीय पक्षले विश्वास गरिसकेको छैन । त्रिभुवन विमानस्थलमा लामो समय सुरक्षा व्यवस्था हेरेका एक कर्मचारीका अनुसार भारत कसरी हुन्छ अझै पनि उसकाे छुट्टै युनिट विमानस्थलमा राख्ने प्रयासबाट पछि हटेको छैन । उसले आफ्नो विमानमा प्रवेश गर्नुअघि सबैको छुट्टै सुरक्षा चेकजाँच गर्दै आएको छ । 

‘यसमा उसकाे विश्वास भन्दापनि पर अन्य चाहना प्रतिबिम्बित हुँदै आएको छ, नेपाललाई अलग्गै मुलुकको विमानस्थलभन्दा पनि डोमेस्टिक विमानस्थलझै बनाउने उनको चाहना प्रष्ट छ, तर सरकारी अडानले उस्को अभिष्ट पूरा हुन सकेको छैन् ’ ती कर्मचारीले भने ।

यता यस्तो दृश्य देखिदा भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धीअन्तर्राष्ट्रिय विमानस्थलमा देखिने र भोग्नुपर्ने दृश्य झनै नेपाली र नेपाल भएर उडेका अन्य देशको नागरिकका लागि कम पीडादायी छैन । 

नेपालबाट उडेका विमानलाई भारतले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको ‘डोमेस्टिक साइड’मा अवतरण गराउने गरेको छ । त्यसपछि त्यहाँ भोग्नुपर्ने झण्झटिलो व्यवहारले हरेक यात्रु आजित हुने गरेका छन् । घण्टौं लाइनमा राख्ने, अपमानजनक व्यवहार गर्ने, चेकजाँचमा अति कडाई गर्ने, विमानस्थलको नियमित सुरक्षा एवं कागजी प्रक्रियामा पनि झण्झटिलो व्यवहार भोग्नु पर्ने अवस्था छ । जसकाे कारण नयाँदिल्ली भएर अर्को मुलुकमा उड्न पुगेका कतिपय यात्रुको विमानसमेत छुट्ने गरेको छ । लामो समय लाग्ने हुँदा यात्रुहरु भुईंमा नै बसेर थकाई मार्ने गर्दै आएका छन् । 

निकै पीडादायी व्यवहार भोग्दै आएका नेपाली नागरिक र अन्य देशका नागरिकमाथि यो व्यवहार गर्न भारतीय समाजको सांस्कृतिक पहिचानले पनि नदिनुपर्ने हो । तर सुरक्षाको त्रासको नाममा भारत सरकारले गर्दै आएको यो व्यवहारले उसकै पहिचानलाई थप संकुचित बनाएको प्रष्ट छ । 

Logo