संसदमा पातलिन थालेको उपस्थितिले अविश्वास जन्मायोः सांसद झा

संसदमा पातलिन थालेको उपस्थितिले अविश्वास जन्मायोः सांसद झा


राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले संसदमा पातलिन थालेको उपस्थितिले अविश्वास जन्माएको बताएका छन् । 

बिहीबार प्रतिनिधिसभामा प्रस्तुत खर्च कटौतीको प्रस्ताव र विनियोजन विधेयकमाथिको छलफलमा सांसद झाले महत्वपूर्ण विषयको छलफलमा पनि सांसदको उपस्थिति कम देखिनुले इमान्दारितामाथि प्रश्न उठेको बताएका हुन् । 

उनले भने, ‘नेतृत्व भनेको जिम्मेवारी लिने होईन जिम्मेवारी बहन गर्ने हो । तर आज जुन अभ्यास भईरहेको छ माननीय सदस्यहरुको उपस्थिति,बजेट बन्ने बेला झन कम उपस्थिति त्यो किनभने सबै दौडिएर सिंहदरवार र सम्बन्धित मन्त्रालयहरुमा  पुग्नै पर्ने मेरो कतै केही नअट्ला कि नपर्ला वा हटाईदेला भन्ने डर त्यो मैले व्यक्तिगत रुपमा अभ्यास गर्दिन किनकि म सिक्न र हेर्न चाहन्थेँ । त्यो भनेको उक्त मन्त्रालयको मन्त्री र त्यसको जिम्मेवार कर्मचारीहरु प्रति आशंका हैन, त्यो अविश्वास हो । उहाँहरु ईमान्दार हुनुहुन्न ।’ 

Logo