शरणार्थी प्रकरणका दुई अभियुक्तलाई धरौटीमा छाड्न आदेश

शरणार्थी प्रकरणका दुई अभियुक्तलाई धरौटीमा छाड्न आदेश


नेपालीलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले मुद्दा चलाएका दुई जना अभियुक्तलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । 

शुक्रबार दुवै पक्षबाट थुनछेक बहस सकिएपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन रचिएको अपराधमा टंक गुरुङलाई १० लाख र लक्ष्मी महर्जनलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

सरकारी वकिलहरूले अभियुक्तहरू राज्य विरूद्धको कसूरमा दोषी रहेकाले बाहिर बसेर प्रमाण नष्ट गर्नसक्ने भन्दै थुनामै राख्न माग गरे पनि यी दुई जनालाई भने रिहा गरिएको हो । 

यस शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका नेता एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १६ जनालाई भने जेल चलान गर्न आदेश दिइएको छ । 

Logo