प्रतिनिधिसभा बैठक बस्दै,तीन मन्त्रालयको बजेट एक रुपैयाँ कायम गर्न प्रस्ताव गरिने

प्रतिनिधिसभा बैठक बस्दै,तीन मन्त्रालयको बजेट एक रुपैयाँ कायम गर्न प्रस्ताव गरिने


आज प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बस्नेछ। 

आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत मन्त्रालयगत छलफल हुनेछ। जसअनुसार संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ।

यसअघिको बैठकमा वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको छलफल गरिएको थियो। 

सम्भावित कार्यसुची अनुसार आजको बैठकमा लिलानाथ श्रेष्ठ र प्रेम सुवालले संघीय मामिलाको, योगेश भट्टराइले पर्यटन मन्त्रालयको, कृष्णगोपाल श्रेष्ठ र सुमना श्रेष्ठले स्वास्थ्य मन्त्रालयको शिर्षकको रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस भन्ने प्रस्ताव गर्नेछन्। 

Logo