फुटवेयर विजनेस एक्सपोः १२ सय बढी मोडेलका नेपाली जुत्ता/चप्पल उपलब्ध

फुटवेयर विजनेस एक्सपोः १२ सय बढी मोडेलका नेपाली जुत्ता/चप्पल उपलब्ध


विभिन्न नेपाली जुत्ता, चप्पल तथा छालाजन्य वस्तु उद्योगहरूद्धारा सञ्चालित ‘फुटवेयर विजनेस एक्सपो–२०८०’ले असार भरि चल्ने भएको छ । 

भृकुटीमण्डपमा असार १ गतेदेखि सञ्चालन भइरहेको जुत्ता तथा चप्पल मेला प्रदर्शनीमा उत्साहवद्र्धक स्थिति रहेको उद्योगीहरुले बताएका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भृकुटीमण्डपमा सञ्चालित ‘फुटवेयर विजनेस एक्सपो–२०८०’मा प्रदर्शनीमा रहेका विभिन्न नेपाली जुत्ता तथा चप्पलहरूको बारेमा जानकारी दिइएको छ । 

अधिकांश सानातथा घरेलु उद्योगकोरुपमा रहेका नेपाली जुत्ता, चप्पलतथा छालाजन्य वस्तु उद्योगहरुले केही वर्ष अगाडिसम्म नेपाली उत्पादनका जुत्ता भनेपछि नाक खुम्च्याउने उपभोत्ताहरुको मन जित्दै गएर स्वदेशी जुत्ता, चप्पल बजारमा ६० प्रतिशतभन्दा बढी स्थान ओगट्न सफल भएको दाबी उद्योगीहरुको छ । 

ती उद्योगहरूले अहिले उत्साहबद्र्धक स्थिति रहेको र यस्ता अधिकांश नेपाली जुत्ता, चप्पल तथा छालाजन्य वस्तुका उद्योगहरु ‘सबैका लागि एक र एकका लागि सबैको’ अवधारणाबाट फुटवेयर उद्योगीहरू संगठित भएको ‘फुटवेयर विजनेस एक्सपो–२०८०’को आयोजकहरुको भनाइ छ । 

पत्रकार सम्मेलनमा रामकृष्ण प्रसाईंले राष्ट्रियसभा गृहमा पहिलोपटक करिब २०६० सालदेखि जुत्ता चप्पल मेला लगाउन सुरू गरेको स्मरण गराए । उनले भने ‘ प्रदर्शनी सुरु हुन थालेपछि जुत्ताको मागअनुसार नेपालमा ६० देखि ६५ प्रतिशत स्वदेशमै उत्पादन हुन थालेको छ, तर कोरोना र अहिलेको आर्थिक मन्दीले फेरि २० वर्ष अगाडिकै अवस्थामा आफूहरू पुगेको छ, ब्यवसायीहरू सबैभन्दा अहिले पीडित भएको हुँदा यो अवस्थामा सबैको माया, सद्भाव र सहयोग चाहिएको छ ।’ 

यस्तै, फुटवेयर मेनोफेक्चर एशोसिएसन एफ नेपालका उपाध्यक्ष तथा जुत्ताचप्पल ब्यवसायी रूद्रप्रसाद न्यौपानेले वास्तविक जनता, वास्तविक उत्पादक र वास्तविक उद्यमीहरूलाई नकरात्मक असर परिरहेको अवस्थामा आफूहरूले आफ्ना उत्पादनलाई उपोभोक्तासँग खुसी साटासाट गर्ने उद्धेश्यले फुटवेयर मेला सञ्चालन गरेको बताए। उनले भने ‘०७२ सालपछि आफूहरू अप्ठ्यारो अवस्थामा परेको, राज्य संरचना र सम्बन्धित निकायले बुझ्नुपर्ने अवस्थामा सरकारले लगाएको भ्याटले झनै असन्तुष्टि जन्माएको छ, असार १ गतेदेखि जुत्ताचप्पल मेलाको मोडालिटी परिवर्तन गरेर अब महिनाभरी नै चलाउन लागेको छौं ।’ 

यस्तै, जुत्ता चप्पलव्यवसायी सबिन कार्कीले कुनैपनि उत्पादनमा लाग्ने सबै सामग्रीहरू एकै देश र ठाउँ नभइ फरकफरक ठाउँमा बन्ने दाबी गर्दै उनले एयरबस जापानमा बन्दा इन्जिन अमेरिका र पंखा चीनमा बन्नेजस्ता उदाहरण प्रस्तुत गरे। उनले भने ‘ नेपाल जुत्ता निर्माण गर्नका लागि छाला भारत पठाउने र जुत्ता निर्माणभएपछि त्यही जुत्ता नेपाल आउँदा छाला नेपाली हो की भारतीय हो भन्ने प्रश्न उठने गरेको छ,बजारमा पाइने ३ हजारभन्दा कम रकम जुत्ता नेपाली भएपनि उपभोक्ताहरूले नेपाली जुत्तालाई प्रोत्साहन नदिँदा नेपालमै बनेको भएतापनि चीनमा बनेको लेख्नुपर्ने बाध्यता छ ।’ 

पत्रकार सम्मेलनमा शिखर शुज इन्डष्ट्रिजका अध्यक्ष रामकृष्ण प्रसाईं, फुटवेयर बिजनेस एक्सपो २०८० का संयोजक गंगलाल श्रेष्ठ, फुटवेयर मेनोफेक्चर एशोसिएसन एफ नेपालका उपाध्यक्ष रूद्र प्रसाद न्यौपाने, जुत्ता चप्पल ब्यवसायी शविन कार्की, राम पाण्डेलगायका जुत्ता चप्पल ब्यवसायीहरूको उपस्थिति रहेको थियो।

Logo