अमेरिकाको लुइस सेन्ट गोलीकाण्डमा १७ वर्षिय किशोर पक्राउ

अमेरिकाको लुइस सेन्ट गोलीकाण्डमा १७ वर्षिय किशोर पक्राउ


अमेरिकाको सेन्ट लुइसमा आइतबार भएको गोलीकाण्डमा एक किशोरको मृत्यु भएको छ भने अन्य नौ जना घाइते भएका छन्। 

सेन्ट लुइसको एउटा भवनमा पार्टी आयोजना गरिएको थियो। पार्टी चलिरहेको बेला करिब एक बजे गोली चलेको थियो। मेयर टिशौरा जोन्सका अनुसार गोली लागेर १७ वर्षीय बालकको मृत्यु भएको छ। घाइतेहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। यसैबीच, प्रहरी प्रमुख रोबर्ट ट्रेसीले आइतबार पत्रकार सम्मेलनमा भने कि यस मामिलामा १७ वर्षीय किशोरलाई हिरासतमा राखिएको छ।

घाइतेहरुको उमेर १५ देखि १९ वर्षको बीचमा रहेको छ। गोली चल्दा भागदौडमा एक महिलाको मेरुदण्डमा गम्भीर चोट लागेको उनले बताए। प्रहरीले घटनास्थलबाट एआर–१५ स्टाइलको राइफल र एक थान पेस्तोलसहित केही हतियार बरामद गरेको छ। अहिले पार्टी कसले दियो भन्ने अनुसन्धान भइरहेको जनाइएको छ। 

मेयर जोन्सले अमेरिकामा गोलीकाण्डका घटना सामान्य बन्दै गएको बताए। उनका अनुसार अमेरिकामा दिनहुँजसो गोलीकाण्डका घटना भइरहेका छन्। जसका कारण मानिसहरु सुरक्षित महसुस गर्दैनन्। यसलाई नियन्त्रण गर्नका लागि ठुलै पहलकदमी जरुरी रहेको उनको भनाइ छ। 

Logo