चलचित्र ‘सेल्फी किङ्ग’ को नयाँ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं ।

विशाल सापकोटाको डेब्यू निर्देशनमा बनेको नेपाली चलचित्र ‘सेल्फी किङ्ग’ को गीत सार्वजनिक भएको छ ।

‘जिन्दगीको के छ र भर’ बोलको गीत सार्वजनिक भएको हो। यस गीतमा सुभाष भुषालको संगीत रहेको छ भने सुरज गैरेको शब्द र केतन क्षेत्रीको स्वर रहेको छ । माघ २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘सेल्फी किङ्ग’ को कथा निर्देशक विशाल सापकोटा आफैंले लेखेका हुन् ।

निर्देशक समेत रहेका दिनेश राउत र सुवास थापाले फिल्मको निर्माण गरेका हुन् । चलचित्रमा विपिन कार्की, लक्ष्मी वर्देवा, केकी अधिकारी मुख्य भूमिकामा छन् । हेरौं भिडियोमा :

 

सम्बन्धित समाचारहरु

ताजा समाचार