रक्षामन्त्री र बेल्जियमकी राजकुमारीबीच भेटवार्ता

काठमाडौं ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र बेल्जियमकी राजकुमारी अस्त्रिदबीच भेटवार्ता भएको छ ।

आइतबार नेपाल भ्रमणमा आएकी अस्त्रिद र उपप्रधानमन्त्री पोखरेलबीच मंगलबार भेटवार्ता भएको हो । राजकुमारी नेपालको साताव्यापी भ्रमणमा छिन् । यसअघि उनले परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीसँग पनि भेटवार्ता गरिसकेकी छिन् ।

नेपाल बसाईका क्रममा उनले कैलालीमा नयाँ क्षयरोग उपचार केन्द्रको उद्घाटन गर्ने तथा कैलाली र नवलपरासीको मध्यविन्दु अस्पतालमा रहेको क्षयरोगका विरामीलाई भेट्ने कार्यक्रम छ । यी दुई अस्पतालको निर्माणमा राजकुमारी नै मानार्थ रहेको डेमिन फाउन्डेसन नामको गैरसरकारी संस्थाले सहयोग गरेको थियो ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारी र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेट्ने कार्यक्रम समेत रहेको छ । आइतबार राजकुमारी अस्त्रिदलाई उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा स्वागत गरेका थिए ।

सम्बन्धित समाचारहरु

ताजा समाचार