समाजवादी मोर्चा नेपालको औपचारिक घोषणा

समाजवादी मोर्चा नेपालको औपचारिक घोषणा


समाजवादी मोर्चा नेपालको औपचारिक रूपमा घोषणा गरिएको छ ।

राष्ट्रिय सभागृहबाट सोमबार  नेकपा (माओवादी केन्द्र)लगायतका राजनीतिक दलले समाजवादी मोर्चा घोषणा गरेका हुन् । मोर्चामा नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा पनि सहभागी भएका छन् । 

घोषणा कार्यक्रममा प्रधानमन्त्री तथा माअ‍ोवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र नेकपाका महासचिव विप्लवले औपचारिक रूपमा हस्ताक्षर गरेकाे प्रतिबद्धता पत्र पास गरेका छन् । 

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आज मोर्चा घोषणा गर्ने र त्यसको न्यूनतम अवधारणालाई स्वीकृत गरेको थियो ।

Logo