९० रुपैयाँमै ‘समर सेल अफर’

९० रुपैयाँमै ‘समर सेल अफर’


केटीएम सिटीको ‘समर क्लियरेन्स सेल अफर’ सार्वजनिक भएको छ । समर सिजनलाई लक्षित गर्दै केटीएम सिटीले नयाँ अफर बजारमा ल्याएको हो । 

ग्राहकहरुले समर क्लियरेन्स सेल अफरमा ९० रुपैयाँमा केटीएम सिटीको लुगा प्राप्त गर्न सक्नेछन् । अफरको मूल्य ९० रुपैयाँबाट सुरु हुनेछ । ‘यस अफरमा ९० रुपैयाँदेखिको सुलभ मुल्यमा समर सिजनका लुगा सर्वसाधारणले प्राप्त गर्न सक्नुहुनेछ ।’ कम्पनीले भनेको छ । 

यो अफर केही सिमित अवधिका लागि मात्र लागू हुने बताइएकाे छ । यो अफर अनलाइन र नजिकैको केटीएम सिटीको आउटलेटमा सर्वसाधारणले प्राप्त गर्न सकिने कम्पनीले जनाएकाे छ । 

नेपाली ब्राण्ड केटीएम सिटीले सुलभ मुल्यमा गुणस्तरीय लुगा राष्ट्रिय र अन्तराष्ट्रिय बजारमा उपलब्ध गराइरहेको छ । केटीएम सिटी नेपाल सहित भारत, क्यानडा सहित अन्तराष्ट्रिय बजारमा समेत विस्तार भएको छ । 

Logo