भारतीय फिल्म ‘आदिपुरुष’को विवाद परराष्ट्रमा

भारतीय फिल्म ‘आदिपुरुष’को विवाद परराष्ट्रमा


भारतीय फिल्म ‘आदिपुरुष’को विवादले अन्योल सिर्जना भएको भन्दै यसबारे कूटनीतिक पहल गर्न परराष्ट्र मन्त्रालयलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आग्रह गरेको छ ।

बुधबार सिंहदरवारमा मन्त्रिपरिषदको निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले फिल्ममा भएको विवाद बारे सञ्चार मन्त्रालयले परराष्ट्रलाई पत्राचार गरिसकेको बताएकी हुन् । 

‘सेन्सर बोर्डले निर्माण भएका निर्माण गर्नु भन्दा अगाडि भारतीय नेपालीसबै चलचित्रहरु सेन्सर गर्छ र त्यसमा कुनै  आपत्तिजनक अथवा  सेन्सर बोर्डको नियम विपरित भयो भने त्यसलाई हामी संशोधन गरेरमात्र प्रदर्शनको अनुमति दिन्छौं । र यसै बीच जेठ ३१ मा यो आदिपुरुष भन्ने फिल्म छ, त्यसमा भएको सीताको पात्रमा भएको भारतीय छोरी भन्ने आशयको भावनामा व्यक्त भएको छ।’ उनले भनिन्, ‘त्यसलाई हटाउने भनेर सेन्सर बोर्डले त्यही वेला नै निणर्य गरेको हो । चलचित्रको मुलभावबाटै हटाउनुपर्छ, भारतमा पनि चल्न दिनु हुँदैन् भन्ने कुरा हाम्रो सरकारी निकाय अन्तर्गत सबै कुटनीतिक सम्बन्ध कायम गर्न त्यो हाम्रो मन्त्रालयले होइन, परराष्ट्र मन्त्रालय हो र परराष्ट्रमा हामीले यस विषयमा पत्राचार गरेका पनि छौं ।’ 

Logo