झिल्के एण्ड द कम्पनीले काठमाडौंमा कन्सर्ट गर्दै

काठमाडौं ।
नेपाली सांगीतिक क्षेत्रमा फरक खालका गीत दर्शक श्रोता समक्ष पस्कदै आएको सांगीतिक समुह ‘झिल्के एण्ड द कम्पनी’को काठमाडौंमा कन्सर्ट हुने भएको छ । संगीत पाठशाला र पर्पल हेज अण्डरग्राउण्डले संयुक्त रुपमा आयोजना गरेको कन्सर्ट ठमेलको पर्पल हेज रक बारमा आगामी शनिबार दिउसो ३ बजेदेखि साँझ ६ बजेसम्म हुनेछ ।

‘झिल्के एण्ड द कम्पनी’सँगै कन्सर्टमा ‘केटाहरु’ र ‘अन एसिड ब्याण्ड’को पनि प्रस्तुति रहने आयोजकले जनाएको छ । केही समय अघि मात्र धरान र पोखराका दर्शक सामु प्रस्तुत भइसकेको ‘झिल्के एण्ड द कम्पनी’ ब्याण्डले फेरी काठमाडौंमा आफ्नो कन्सर्ट गर्न लागेको हो । यसै कन्सर्टमार्फत ब्याण्डले आफ्नो मिनी एल्बम (ईपि) ‘झिल्के फायर’ समेत लन्च गर्नेछ । जुन एल्बममा ब्याण्डका ४ वटा गीतहरु रहनेछन् । कन्सर्टको टिकट दर अग्रिम बुकिङ्गका लागि.२५० र डोर बुकिङ्गका लागि ५०० रुपैयाँ राखिएको छ ।

‘झिल्के एण्ड द कम्पनी’ ब्याण्ड विदेश नगई नेपालमै केहि गर्न चाहने जागरुक युवाहरुद्वारा संचालित ब्याण्ड हो । जसको भोकलिस्ट स्टिभ देवान, गीतारिस्ट बिशाल हांग राई र ड्रमर दिप्सोन नरसिंह केसी हुन् भने किबोर्डमा सिद्धार्थ उप्रेती रहेका छन् । यो ब्याण्ड सन् २०१७ मा स्थापना भएको थियो । भिडियो :

सम्बन्धित समाचारहरु