एमालेले उपराष्ट्रपति कार्यालयको खर्च कटौतीको पुस्तिका मागेपछि संसद बैठक स्थगित

एमालेले उपराष्ट्रपति कार्यालयको खर्च कटौतीको पुस्तिका मागेपछि संसद बैठक स्थगित


संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ । 

प्रमुख प्रतिपक्षी दल एमालेले विनियोजन विधेयकमाथिको छलफलका लागि राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपतिको कार्यालय खर्च कटौतीको प्रस्तावसम्बन्धि पुस्तक नभएका कारण सदन चल्न नसक्ने भनेपछि सभामुख देवराज घिमिरेले १५ मिनेका लागि बैठक स्थगित गरेका हुन् ।

संघीय संसदमा जारी मन्त्रालयगत विनियोजित बजेटमाथिको छलफलमा एमालेका सचेतक महेश वर्तौलाले उपराष्ट्रपतिको कार्यालयलाई छुट्याइएको खर्च सम्बन्धि पुस्तिका उपलब्ध नगराएसम्म संसद चल्न नसक्ने बताएका थिए ।  

‘उपराष्ट्रपति कार्यालयको खर्चलाई पनि विषय सूचीमा राखिएको छ । मैले यो पुस्तिका खोइ त भनेर खोजे अरु माननीयहरुलाई पनि सोधे कसैले पाएको छैन । प्रतिपक्षलाई मात्र प्राप्त नगराएको हो की भनेर सत्तापक्षलाई सोधे तर उहाँहरुले पनि प्राप्त गर्नु भएको रहेन छ । उपराष्ट्रपति कार्यलयको विनियोजन खर्चको समेटिएको पुस्तिका कतै पुगेको रहेन छ । यो संसदमा ल्याउनु पर्ने कसले ? १० दिन देखि हामी विषयगत मन्त्रालयको विनियोजन विषयमाथि छलफल चलाईरहेका छौँ ।’ उनले भने, ‘आजसम्म उपराष्ट्रपति कार्यालयको विनियोजन खर्च शीर्षकको पुस्तिका उपलव्ध गराएको छैन् । यो काम सरकारको हो । सदनलाई यस्ता विषयमाथि छलफलमा नल्याउने छलफलबाट वेगर बनाउने सामग्री उपलब्ध नगराउन रवैया सरकारबाट भईरहेको छ । पुस्तिका वेगर यो हाउस यी विषयमाथि छलफल गर्न सक्दैन । कार्य सूचीबाट हटाईयोस् ।’  

Logo