#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1122309252977843263776366937
नेपाल152593290846143

डेढ लाख घुस लिने खरिदारविरुद्ध मुद्दा दायर

काठमाडौं ।  सेवाग्राहीसँग १ लाख ५० हजार रुपैयाँ घुस लिएकाे पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय महेन्द्रनगर कन्चनपुरकी खरिदार ललिता रोकायाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

भिमदत्त नगरपालिका वडा–४ मा रहेको जग्गा पास गरिदिने र पास हुन नसके रकम फिर्ता गराई दिन्छु भनी घुस मागेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि छानबिन अघि बढाएको थियो।

 

सम्बन्धित समाचारहरु

ताजा समाचार