टुरिजम म्यानेजमेन्टमा १२५ जना दीक्षित

काठमाडौं । इन्टरनेश्नल स्कुल अफ टुरिजम एण्ड हाेटल म्यानेजमेन्ट (आइएसएमटी)काे तेह्राै‌ं दीक्षान्त समाराेह सम्पन भएकाे छ ।

अस्ट्रियाकाे सल्जबर्ग युनिवर्सिटी अफ एपिलेड साइन्ससँगकाे संयुक्त आयोजनामा दीक्षान्त समाराेह सम्पन्न भएकाे हाे । १२५ जनालाई दीक्षित गरिएकाे कलेजका प्रिन्सिपल सम्झना बस्न्यातले बताइन् ।

विश्वविद्यालय अनुदान आयाेगका अध्यक्ष प्राेफेसर डा. भीमप्रसाद सुवेदीकाे प्रमुख अातिथ्यतामा दीक्षित गरिएकाे हाे ।   कार्यक्रममा युनिभर्सिटी वोर्ड अफ द युनिभर्सिटी अफ एपिलेड साइन्स एण्ड आर्ट्स् स्विजरल्याण्डका अध्यक्ष प्रोफेसर डा. उर्सुला रेनोल्ड, काठमाडौं युनिचर्सिटी स्कुल अफ म्यानेजमेन्ट, काठमाडौं युनिभर्सिटीका डिन प्रोफेसर डा. विजय केसी,  लुम्बिनी बुद्धिस्ट विश्वविद्यालयका डिन डा. मनिक रत्न शाक्य,  अस्ट्रियाकाे सल्जबर्ग युनिवर्सिटी अफ एपिलेड साइन्सका डिन प्रोफेसर इभा ब्रकर, आइएसटिका प्रमुख नरेन्द्र बाज्राचार्यलगायतकाे अातिथ्यताका सम्पन्न भएकाे हाे ।

सम्बन्धित समाचारहरु