दक्षिण कोरिया जान नपाएका युवाहरुले घेरे इपीएसको कार्यालय [तस्विरमा]

दक्षिण कोरिया जान नपाएका युवाहरुले घेरे इपीएसको कार्यालय [तस्विरमा]


दक्षिण कोरिया जानका लागि आवश्यक प्रक्रिया पूरा गरेर पनि जान नपाएकाहरु आन्दोलनमा उत्रिएका छन् । कोरिया गएर आएकाहरुले आवश्यक प्रक्रिया पूरा गरेपनि कोरिया जान नपाएको भन्दै इपीएसको कार्यालयले बदमासी गरेको आरोप लगाएका छन् । 

आइतबार ललितपुरको ग्वार्कोमा रहेको इपीएस कार्यालय घेराउ गर्दै कोरिया पठाउने इपीएस कार्यालयले हजारौंको संख्यामा रहेको युवाहरुको भविष्यसंग खेलवाड गरिरहेको आरोप लगाए । प्रक्रिया पूरा गरेर कोरिया जाने तयारीमा रहेका करिव १ हजारको संख्याका कामदारहरूले एपीएस कार्यालय घेरावन्दी गर्दै सम्झौतापत्र बनाइदिनुपर्ने माग गरेका छन् । 

प्रदर्शनमा उत्रिएकाहरुले भने-‘आफूहरु कुनै पनि नकारात्मक कार्यहरु गर्न नआएको तर कार्यालयले आफूहरुरुसंग सम्झौतापत्र बनाउनु ढिलाई गर्न हुँदैन ।’ आफूहरु कोरिया गएर आएको र फेरि पास गरेर जाने क्रममा प्रक्रिया अगाडि नबढाएको भन्दै विरोधमा उत्रिएका छन् । 

 

Logo