तथ्याङ्कका आधारमा नीति निर्माण गर्न आवश्यक छः सभामुख घिमिरे

तथ्याङ्कका आधारमा नीति निर्माण गर्न आवश्यक छः सभामुख घिमिरे


सभामुख देवराज घिमिरेले तथ्याङ्कका आधारमा सरकारले नीति निर्माण गर्न आवश्यक रहेको बताएका छन्।

सोमवार राष्ट्रिय तथ्याङ्क कार्यालयले बुझाएको ‘राष्ट्रिय जनगणना २०७८’ को नतिजा संसद भवन नयाँ बानेश्वरमा ग्रहण गर्दै सभामुख घिमिरेले राज्यका हरेक नीति तथा कार्यक्रम बनाउँदा तथ्याङ्क कार्यालयले सर्वेक्षण गरेको तथ्याङ्क उपयोगी हुने बताए।

उनले राज्यको नीति तथा कार्यक्रम तय गर्दा तथ्य तथ्याङ्क जरुरत पर्ने बताए। उनले पछिल्लो जनगणना प्रतिवेदन तथ्याङ्क कार्यालयले जरोमा पुगेर सर्वेक्षण गरेको पाएको बताए। सभामुख घिमिरेले ०६८ भन्दा धेरै वस्तुवादी तथ्याङ्क आएको भन्दै राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन नीति निर्माताका लागि सहयोगी हुने बताए।

उनले पछिल्लो जनगणनाको तथ्याङ्कले हिमाल र पहाड रित्तिँदै गएको देखाएकोमा चिन्ता व्यक्त गरेका छन्।राष्ट्रिय जनगणना सफल बनाएकोमा सभामुख घिमिरेले राष्ट्रिय तथ्याङ्क कार्यालयलाई धन्यवाद दिए। ०७९ साल चैत १० गते सार्वजनिक भएको नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ छ।

Logo