त्रिभुवन विमानस्थलमा एक जना यात्रुको बिदाइ र स्वागतमा ३ जना मात्रै जान पाइने

त्रिभुवन विमानस्थलमा एक जना यात्रुको बिदाइ र स्वागतमा ३ जना मात्रै जान पाइने


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब एक जना यात्रुको बिदाइ तथा स्वागतका लागि तीन जनामात्रै जान पाइने भएको छ। विदेशको उडान साँझ परेपछि हुने हुँदा बेलुकीपख अन्तर्राष्ट्रिय ट्रमिनल भवन अगाडि यात्रुका आफन्तहरूको ठूलो भीड लाग्ने गर्छ।

त्यसैकारण आन्तरिक र अन्तर्राष्ट्रिय ट्रमिनल भवन बाहिर भीड बढेपछि विमानस्थल सुरक्षा समितिले एक जनाका लागि तीन जना मात्रै जान पाउने निर्णय गरेको हो।

ठाउँको सीमितता र भीडले गर्दा ट्राफिक व्यवस्थापनमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम बढेकोले यस्तो निर्णय गरिएको विमानस्थल कार्यालयलले जनाएको छ। भीड बढेकोले यात्रुलाई सेवा दिन प्रतिकुल असर परेको र प्यासेन्ज ड्रप एरियामा दुर्घटनाको जोखिम बढेको सुरक्षा समितिको ठहर छ।

Logo