नेपालसँग यूएई तीन विकेटले पराजित

नेपालसँग यूएई तीन विकेटले पराजित


आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफमा नेपालले यूएईलाई पराजित गरेको छ । हरारेमा आइतबार भएको खेलमा नेपालले यूएईलाई ३ विकेटले हराएको हो । सातौं स्थानका लागि नेपालले अब आयरल्याण्डसँग मंगलबार खेल्नेछ । 

यूएईले दिएको १८२ रनको लक्ष्य नेपालले ४३.२ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । १०६ रन जोड्दा ७ विकेट गुमाएको स्थिति सम्हाल्दै दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले आठौं विकेटका लागि ७९ रनको साझेदारी गरे । दीपेन्द्र ७९ रनमा र सन्दीप २३ रनमा नटआउट रहे ।  जिम्बाब्वे भ्रमणमा पहिलो पटक मौका पाएका ज्ञानेन्द्र मल्ल १३ रनमा आउट हुँदा कुशल भुर्तेलले ३५ रनको योगदान गरे । मोहमद जवादुल्लाहले ३  विकेट लिए पनि हार भने टार्न सकेनन् । 

यसअघि नेपालले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको यूएई ४६.५ ओभरमा १८१ रनमा अलआउट भएको थियो । उसका लागि क्याप्टेन रित्य अरभिन्दले सर्वाधिक ४४ र रोहन मुस्तफाले ३५ रन बनाए । यूएईलाई सस्तैमा रोक्न करण केसी र सन्दीप लामिछानेले समान ३-३ विकेट लिए । प्रतिश केसी, गुल्सन झा र दीपेन्द्रसिंह ऐरीको नाममा १-१ विकेट रह्यो । 

Logo