#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व86069642352639807178537
नेपाल5041

प्रियंकाको ट्रोलः ड्रेसअपदेखि विवाहसम्म (फोटोफिचर)

  • सृजना राई- 

सामाजिक सञ्जालहरुमा खेदो खनिनु सेलिब्रेटीहरूका लागि कुनै नयाँ कुरा होइन । हरेक दिन कोही न कोही सामाजिक सञ्जालमा तारो बनिरहेका हुन्छन् । सामाजिक सञ्जाल युगमा दर्शकबाट प्रतिक्रिया तुरुन्त आउने गर्छ । माया र घृणा दुवै भरिएर आउने यस्ता प्रतिक्रियाहरू कुनै ‘ट्रोल’ बन्छन् त कुनै ‘प्रशंसा’ । तर, ‘ट्रोल’ले भने कलाकारहरूको टाउको दुखाउँछ ।

सामाजिक सञ्जाल आफूभित्र भएको घृणा ‘ट्रोल’ को रूपमा उजागर गर्ने एउटा माध्यम  बन्दै आएको छ । यहि ‘ट्रोल’ को सिकारमा बेला बखत पर्ने गर्छिन् बलिउड अभिनेत्री देशी गर्ल अर्थात् प्रियंका चोपडा । प्रियंका कहिले आफु भन्दा कान्छोेसँग विवाह गरेर ट्रोलको सिकार बनेकी थिइन् भने विशेषगरी उनी आफ्नो पहिरनको कारण सामाजिक सञ्जालमा ‘ट्रोल’ को सिकार बनिरहेकी छिन् ।

न्युयोर्कमा आयोजित ‘मेट गाला २०१७’ को रेड कार्पेटमा प्रियंकाले आफ्नो जादु देखाएकी थिइन् । सो अवसरमा उनले ट्रेच कोर्ट फेसनको फलो गरेर बाल गाउन लगाएकी थिइन् । यो पहिरनको पछाडिको कपडा धेरै लामो थियो । अमेरिकाको टिभी सिरिजमा प्रियंकाले सीआइएको भूमिका निर्वाह गरेकी थिइन् ।

प्रियंकाको यो लुक प्राय जसोले नराम्रो माने । धेरैले प्रियंकाको गाउनको कपडा धेरै लामो भएकोमा आलोचना समेत गरे । साथसाथै यो उनको पहिरनको ‘ट्रोल’ बनाएर सामाजिक सञ्जाल तताएको थियो । उनको कपडा सम्हाल्न केही सहयोगीहरु समेत क्रियाशिल रहेका थिए ।

त्यस्तै २०१९ मा पनि उनी ट्रोलको सिकार बनिन् । संयुक्त राज्य अमेरिकामा आयोजित फेसन पर्व ‘मेट गाला’ मा कलाकारहरूले लगाएको ड्रेसको धेरै नै चर्चा भयो । तर सबैभन्दा चर्चाको केन्द्र बनिन् प्रियंका चोपडा । आफ्ना गायक पति निक जोन्ससँग उक्त कार्यक्रममा सामेल भएकी चोपडाले गुलाबी गाउन, ठाडो र कर्ली कपाल र कपालमाथि चाँदीको ताज पहिरिएकी थिइन् । उक्त पहिरन र कपालको चर्चा र खेदो खनाइ धेरै भयो । सामाजिक सञ्जाल साइटहरू ट्विटर, फेसबुक र इन्स्टाग्राममा अनेकौ ट्रोल ‘मेमे’हरू बने ।

प्रियंकाको कपालको तुलना ‘चालबाज’ फिल्ममा श्रीदेवीले आफ्नी आन्टीलाई गरिदिएको मेकअपदेखि लिएर कमेडियन मसुर गुलाटीको कपालसम्म भयो ।

गत आइतबार ६२ औ ग्रामी अवार्ड २०२० सम्पन्न भएको थियो । ग्रामी अवार्ड २०२० मा सरिक प्रियंका चोपडाले लगाएको पहिरनका कारण फेरि उनी ट्रोलमा परेकी छिन् । अमेरिकामा आयोजना भएको ६२ औं ग्रामी अवार्डमा प्रियंकाले फेशन डिजाइनर राल्फ एन्ड रुसोको डिजाइनर ड्रेस लगाएकी थिईन् । पति निक जोनाससंगै रेट कार्पेटमा इन्ट्रि गरेकी उनको लुकलाई ट्रोल गर्न भ्याए ।

प्रियंकाले उक्त अवार्ड कार्यक्रममा जानुअघि आफ्ना केही तस्वीर इन्स्टाग्राममा पनि सेयर गरेकी थिइन् । जसमा उनी त्यही पहिरनमा देखिएकी छिन् । यसमा थुप्रै प्रयोगकर्ताले प्रियंकाको यो पहिरनलाई उनको अहिलेसम्मकै सबैभन्दा नराम्रो पहिरन भनेका छन् ।

कार्यक्रममा प्रियंका चोपडाले आफ्ना पति गायक निक जोनस दाजुभाइको साथमा प्रस्तुती दिएकी थिइन् । अवार्ड समारोहको रेड कार्पेटमा नायिका चोपडा निकै नै ‘हट’ देखेकी थिइन् ।

 

 

 

सम्बन्धित समाचारहरु