म्यानचेस्टर छाड्ने डि गियाको घोषणा

म्यानचेस्टर छाड्ने डि गियाको घोषणा


म्यानचेस्टर युनाईटेडका गोलकिपर डेभिड डि गियाले क्लब छाड्ने घोषणा गरेका छन्। उनले यस समरमा म्यानचेस्टर युनाईटेड छाड्ने घोषणा गरेका हुन्। उनले नयाँ चुनौती लिने सही समय आएको बताएका छन्। 

जुनको अन्त्यसँगै ३२ वर्षका खेलाडी बजारमा निशुल्क उपलब्ध हुनेछन्। उनले युनाईटेडमा १२ वर्ष बिताएका थिए।उनले ५ सय ४५ खेल युनाईटेडका लागि खेलेका थिए। जसमा कीर्तिमानी १ सय ९० क्लिन चिट रहेको थियो। 

उनले एट्लेटिको मड्रिडबाट करियर सुरु गरेका थिए। उनी सन् २०११ मा करिब १९ मिलियन पाउण्डमा युनाईटेड आएका थिए। युनाईटेडका प्रशिक्षक इरिक टेन हगले इन्टर मिलानका गोलकिपर एन्ड्रे ओनाना क्लबमा आउने आशा ब्यक्त गरेपछि डि गियाको घोषणा आएको हो। 

सुरुवातमा क्लब र डि गियाबीच सम्झौता नविकरणका लागि सहमती बनेको थियो। त्यसपछि सो सहमती परिवर्तन भएको बताईएको छ। डि गिया साउदी क्लबसँग जोडिएका छन्। 

Logo