विकास दुबेको उज्जैनमा गिरफ्तार, कानपुरमा इन्काउन्टर

विकास दुबेको उज्जैनमा गिरफ्तार, कानपुरमा इन्काउन्टर


काठमाडाैं । उत्तर प्रदेशको कानपुरमा ८ प्रहरीको हत्या गर्ने कुख्यात ग्याङस्टार विकास दुबे शुक्रबार बिहान इन्काउन्टरमा मारिएका छन् । उनी विरुद्ध हत्या, अपहरण र फिरौती उठाउन संलग्न भएको भन्दै ६० भन्दा बढी अभियोग दर्ता गरिएकाे थियो । २ जुलाईमा पक्राउ गर्न गएको प्रहरी टोलीमध्ये दुबे समूहको आक्रमणमा परेर ८ प्रहरी मारिएका थिए ।

उत्तर प्रदेशकाअनुसार, स्पेशल टास्क फोर्सको एउटा टोली दुबेको साथ कानपुरबाट फर्किरहेको बेला उनीहरुको गाडी पल्टियो र विकासले पुलिसको पेस्तोल खोसेर भाग्न खोज्दा बदलामा उनी इन्काउन्टरमा परि घाइते भए । छाती र कम्मरमा गोली लागेका उनको अस्पतालले मृत घोषणा गरेको थियो । एक दिन अघि विकास दुबेलाई नाटकीय ढङ्गले मध्य प्रदेशको उज्जैनबाट पक्राउ गरिएको थियो । कानपुरमा भएको गोलीवारीको सात दिनपछि प्रहरीले विकास दुबेलाई पक्राउ गर्यो ।
उज्जैनका आधिकारिक स्रोतबाट प्राप्त जानकारी अनुसार, विकास दुबे बिहिबार बिहान महाकालेश्वर मन्दिर पुगेका थिए र त्यहाँ उनले २ सय ५० रुपैयाँको भीआइपी टिकट लिएका थिए । टिकटमा विकास दुबे लेखिएको थियो । मन्दिरको अगाडि प्रसाद पसलमा पनि गएका थिए । विकास झोला कतै राख्न चाहन्थे र उनले एक व्यक्तिलाई झोला राख्न लगाए । त्यसपछि विकास मन्दिरको दर्शन गर्न मन्दिर भित्र गए । यस समयमा सुरक्षा गार्डलार्ई शंकास्पद लागे पछि प्रहरीलाई सूचित गराएको थियो । जब विकास दुबे बाहिर आए उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीसँगै दुई साथीहरु पनि पक्राउ परेका थिए ।

यो सम्पूर्ण घटना उत्तर प्रदेशको कानपुरबाट शुरु भयो । २ जुलाईको रात विकास दुबेलाई कब्जा गर्न गएको प्रहरीको टोली माथि हमला गरियो । जुन गोलीवारीमा डी.एस.पी सहित ८ प्रहरी मारिए भने कम्तिमा छ जना प्रहरी घाइते भएका थिए । विकास दुबे विरुद्ध ६० भन्दा बढी अभियोग दर्ता भएका थिए । सोही सम्बन्धमा प्रहरी उनलाई पक्राउ गर्न बिकारु गाउँ गएको थियो । घटनापछि विकासका सहयोगीहरु फरार भएका थिए । यूपी प्रहरीले वृहत् खोजी अभियान शुरु ग¥यो । विकास दुबेसँग सम्पर्क राख्ने १ सय भन्दा बढी व्यक्तिको मोबाइल फोन सर्भेलेन्समा राखियो ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले राज्यका प्रहरी महानिर्देशकलाई अपराधीमाथि कडा कारबाही गर्न र तत्काल रिर्पोट उपलब्ध गराउन निर्देशन दिएका थिए । विकास दुबेलाई पक्राउ गर्न ६० टोली खटाइएको थियो ।

जुलाई
प्रहरीका अनुसार, विकास दुबेका दुई साथी प्रेमप्रकाश पाण्डे र अतुल दुबेको उक्त भिडन्तमा मृत्यु भएको थियो । उत्तर प्रदेश सरकारले फरार आरोपी विकास दुबेको बारेमा जानकारी दिनेहरुलाई ५० हजार रुपैयाँ इनाम दिने घोषणा ग¥यो । सरकारले दुबेको बारेमा जानकारी दिने व्यक्तिको पहिचान गोप्य राख्ने वचन पनि दिएको थियो । पछि पुरस्कार रकम ५ लाखमा बढाइयो ।

जुलाई ४
कानपुर इन्काउन्टरमा मुख्य अभियुक्त विकास दुबेलाई कारबाहीमा जिल्ला प्रशासनले कानपुरको बिकारु गाउँमा उनको घर ध्वस्त ग¥यो । यससँगै प्रहरीले ग्याङस्टार ऐन अन्तर्गत अवैध सम्पत्ति र खाताहरु पनि जफत ग¥यो । अभियुक्त विकास दुबेसँग संलग्नताको आरोपमा प्रहरीको विरुद्ध अनुसन्धान आदेश दिइएको थियो । यसपछि चौबेपुर चौकी इन्चार्ज विनय तिवारीलाई निलम्बन गरिएको थियो ।

जुलाई ५
विकास दुबेका अर्को साथी दयाशंकर अग्निहात्रीलाई प्रहरीले पक्राउ ग¥यो । इन्काउन्टरको क्रममा उसको खुट्टामुनि गोली हानिएको थियो । प्रहरीले उक्त भिडन्त कानपुरको कल्याणपुर इलाकामा भएको बताएको छ । यसका साथै बिजुली विभागका दुई कर्मचारीलाई हिरासतको लागि सोधपुछ गरिएको थियो । बिकारु गाउँमा इन्काउन्टरको क्रममा बिजुलीको आपूर्तिबारे प्रश्न उठाइएको थियो । यसका साथै विकास दुबेसँग सम्बद्ध अन्य तीन व्यक्तिलाई पनि पक्राउ गरिएको थियो ।

जुलाई ६
विकास दुबेसँगको संलग्नताको आरोपमा उत्तर प्रदेशका तीन प्रहरी निलम्बन गरिएको थियो ।

जुलाई ७
डीआईजी (एसटीएफ) अनन्त देव मुरादाबाद क्षेत्रको पीएसीमा सरुवा गरिएको थियो । डिप्टी एसपी देवेन्द्रकुमार मिश्रको पत्रको आधारमा उत्तर प्रदेश पुलिसले उनीमाथि यस घटनामा अनुसन्धानको आदेश दिए । उक्त पत्रमा देवेन्द्र मिश्रले विकास दुबे र स्थानीय पुलिस बीचको सम्बन्ध रहेको आरोप लगाएका थिए । डिप्टी एसपी कानपुर इन्काउन्टरमा मारिएका प्रहरीमध्ये एक थिए ।

जुलाई ८
विकास दुबेका तीन सहयोगीहरु हरियाणाको फरीदाबादबाट पक्राउ परेका थिए । यो उत्तर प्रदेश एसटीएफ र स्थानीय अपराध शाखाको संयुक्त अभियान थियो । सीसीटिभी फुटेजका आधारमा विकास दुबे उक्त दिन फरीदाबादमा देखिएका थिए । उत्तर प्रदेशको हमिरपुरमा भएको प्रहरी इन्काउन्टरमा विकासका नजिकका अमर दुबे मारिएका थिए । यसपछि प्रहरीले श्यामू बाजपेयीलाई पनि पक्राउ गरेको थियो ।

जुलाई ९
विकास दुबेलाई महांकाल मन्दिरबाट पक्राउ गरिएको थियो । मध्य प्रदेश सरकारले यूपी सरकारलाई यसको बारेमा सुचित गराएको थियो । यसपछि एसटीएफ र प्रहरी टोली उज्जैनतर्फ प्रस्थान भएका थिए । त्यसै रात विकास दुबेकी श्रीमतीलाई सोधपुछको लागि हिरासतमा लिइएको थियो ।

जुलाई १०
उत्तर प्रदेश प्रहरीकाअनुसार, स्पेशल टास्क फोर्सको एउटा टोली दुबेको साथ कानपुरबाट फर्किरहेको थियो । जब उनीहरुको गाडी पल्टियो र विकास दुबे भाग्न खोज्दा प्रहरी कारबाहीमा उनको मृत्यु भयो । यस दुर्घटनामा प्रहरी पनि घाइते भएको प्रहरीले जनाएको छ ।–एजेन्सीकाे सहयाेगमा

Logo