पुष्पलालको योगदानलाई युवापंक्तिमा पुर्‍याउन आवश्यक छः माधव नेपाल

पुष्पलालको योगदानलाई युवापंक्तिमा पुर्‍याउन आवश्यक छः माधव नेपाल


नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पुष्पलाल श्रेष्ठको योगदानलाई युवापंक्तिमा पुर्‍याउन आवश्यक रहेको बताएका छन्।सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार-२०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले पुष्पलाललाई नेपालको राजनीतिमा शिखर व्यक्तित्वको रूपमा स्मरण गरे। उनले कम्युनिस्ट आन्दोलनको जन्मदाता, सुरुवातकर्ता, संस्थापक मात्रै नभई, पुष्पलाल नेपालको लोकतान्त्रिक आन्दोलनको पनि उच्च व्यक्तित्व रहेको बताए।

अध्यक्ष नेपालले भने,‘पुष्पलाल नेपालको राजनीतिको एउटा शिखर व्यक्तित्व हुनुहुन्थ्यो। कम्युनिस्ट आन्दोलनको जन्मदाता, सुरुवातकर्ता, संस्थापक मात्रै होइन, नेपालको लोकतान्त्रिक आन्दोलनको पनि उच्च व्यक्तित्व हुनुहुन्थ्यो। उहाँले नै काँग्रेस र कम्युनिस्ट नमिलेसम्म निरंकुश सत्तालाई फाल्न सकिँदैन भन्ने निष्कर्ष अघि सार्नुभएको थियो। उहाँको कुरा पालना नगरेसम्म पञ्चायती व्यवस्था ढाल्न सकेनौँ। उहाँ दूरदर्शी नेता हुनुहुन्थ्यो। उहाँका योगदानलाई अझै हामीले युवापंक्तिको बीचमा पुर्‍याउन सकौँ, उहाँको प्रेरणा लिन उत्प्रेरित गर्न सकौँ।’

Logo