आईएमई लाईफको आईपीओमा १२ लाख ९० हजार लगानीकर्ताको आवेदन, पौने ४ अर्बको सेयर माग

आईएमई लाईफको आईपीओमा १२ लाख ९० हजार लगानीकर्ताको आवेदन, पौने ४ अर्बको सेयर माग


आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमा १२ लाख ९० हजार लगानीकर्ताले आवेदन दिएका छन् । 

सर्वसाधारणका लागि प्रिमियममा आईपीओ बिक्री गरेको सो कम्पनीको अन्तिम दिन अर्थात सोमबारसम्म १ करोड ५७ लाख कित्ता सेयरका लागि आवेदन दिएको उक्त कम्पनीको सेयर निश्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलले जानकारी दिएको छ । 

लाईफ इन्स्योरेन्स कम्पनीहरुमा आईएमई लाईफले नेपालमै पहिलो पटक प्रिमियम मूल्यमा सेयर निष्काशन गरेको थियो । कम्पनीले १ सय ३६ रुपैयाँ ९१ पैसा प्रिमियम थपेर २३६ रुपैयाँ ९१ पैसा दरमा १ करोड २० लाख कित्ता शेयर निष्काशन गरेको थियो । जसमा कुल ३ अर्ब ७४ करोड रुपैयाँ बराबरको आवेदन परेको हो । 

कम्पनीले जारी गरेको कुल सेयरमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई वितरण गरिसकिएको छ । 

यस्तै, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सामुहिक लगानी कोषलाई र अर्को ५ प्रतिशत अर्थात ६ लाख कित्ता सस्थाका कर्मचारीहरुलाई छुट्याएर बाँकी ९६ लाख कित्ता सर्वसाधारणको लागि निष्काशन गरिएको गरेको थियो ।

Logo